भोलिदेखि उपत्यकाभित्र गाडी चलाउदैनौं ः यातायात मजदुर

भोलिदेखि उपत्यकाभित्र गाडी चलाउदैनौं ः यातायात मजदुर

यातायात मजदुरले उपत्यकाभित्र यातायात नचलाउने घोषणा गरेका छन्। भोलीदेखि कुनैपनि सार्वजनिक यातायातका साधन नचलाउने भन्दै बिज्ञप्ती जारी गरिएको छ ।

नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै मजदुरहरू सडकमा उत्रिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए। उनीहरूले बालाजु क्षेत्रमा सडकमा गाडी तेर्साएर अवरूद्ध गरेका छन्।

राईका अनुसार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा आन्दोलन गरेको हो। तर त्यसक्रममा आफूहरूमाथि हातपात समेत भएको राईले बताए।

ट्राफिक प्रहरीले ऐनविपरीत जरिवाना असुल्ने, चालकहरूको लाइसेन्स निलम्बन गर्ने, प्रदूषणका नाममा रकम असुली लगायत मनोमानी गरेको उनीहरूको आरोप थियो। ट्राफिक प्रहरीले मनोमानी गर्न नहुने भन्दै उनीहरूले यातायात ठप्प पार्ने चेतावनी दिएका थिए।

आफ्ना मागहरू तत्कालै सम्बोधन हुनुपर्ने र कानुन संशोधन लगायतका नीतिगत विषयहरूलाई सम्बोधन गर्ने गरी उच्चस्तरीय कार्यदल बनेर काम अघि नबढ्दासम्म आन्दोलन नरोकिने संगठनहरूको अडान छ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: