डिएसपी गौतमको विदाइ

डिएसपी गौतमको विदाइ

पथरी, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुम डिएसपी वेदप्रसाद गौतमलाई फेरि भेटौला कार्यक्रम मार्फत् पथरीशनिश्चरे नगरपालिकाले विदाई गरेको छ ।

आज नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले विदाइका मन्तव्य राख्नुभएको थियो ।

यस्तै कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष भीमकुमार राई, वडा नं. २ का अध्यक्ष नैना राई, ३ का वडाध्यक्ष विजय लिम्बु, वडा नं. ७ वडाध्यक्ष उद्धवराज बस्नेत, वडा नं. ९ का वडाध्यक्ष वीरबहादुर राई, वडा नं. १० वडाध्यक्ष जीवन खतिवडा र नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा पूर्णरुपमा शान्ति सुरक्षा कायम गराउन अहोरात्र खट्नुभएका गौतमलाई नगरपालिकाको तर्फबाट उच्च मूल्यांकन गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो ।

गौतमको सरुवा धनुषा जिल्लामा भएको छ । गौतमले पथरीका उद्योगी, व्यावसायी, पत्रकार लगायतले सुखद कार्यकालको शुभकामना दिदैँ बिदाई गरेका छन् ।

सम्बन्धित खवर