सामुदायिक स्कुलको निगरानी गर्दै वडा कार्यालय

सामुदायिक स्कुलको निगरानी गर्दै वडा कार्यालय

पथरी, सामुदायिक स्कुलको गुणस्तर खस्किएको गुनासो जथाभावी सुन्दै आइएको छ । यसै सन्दर्भमा पथरीशनिश्चरे वडा नं. ४ ले वडाका सामुदायिक विद्यालयलाई निगरानी गर्ने भएको हो ।

वडामा रहेका चारवटा सामुदायिक विद्यालयलाई वडाध्यक्ष लोककिरण न्यौपानेले डिजिटल हाजिरी मेसिन प्रदान गर्नुभएको छ । मेसिन प्रदान गर्दै न्यौपानेले भन्नुभयो यो मेसिनमा अनुहार (फेस डिटेक्सन सिस्टम) राखिएको छ । यसको सबै रेकर्ड वडा कार्यालयमा पनि आउने व्यवस्था गरिएको छ । अब विद्यालयमा शिक्षकको उपस्थितिलाई वडा र नगरको शिक्षा शाखाबाट पनि निगरानी बढाइने छ ।

वडा नं. ४ मा मात्रै नभएर समग्र नगरभरिका विद्यालयमा डिजिटल हाजिरी मेसिन जडान हुने क्रममा रहेको शिक्षा शाखा अधिकृत नविन खुलालले बताउनुभयो । वडा कार्यालयहरूले प्रविधिलाई बढि चासोका साथ लिएर सबैैजसो विद्यालयमा डिजिटल हाजिरी मेसिन जडान गर्ने कार्य भइरहकेको छ । नयाँ सिस्टम अनुसार प्रत्येक विद्यालयमा शिक्षकको उपस्थितिलाई शिक्षा शाखाले पनि निगरानी गर्न सक्ने भएको छ ।

वडाले डिजिटल हाजिरी मेसिन प्रदान गरेपछि विद्यालय अझ व्यवस्थित हुने भागिरथ माविकी प्रधानध्यापक जानकी चेम्जोङले बताउनुभयो । वडाले सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण सकारात्मक रहेको जोम्जोङले बताउनुभयो ।

वडाले गरेको लगानीलाई समय समयमा विद्यालय पुगेर समिक्षा गर्नुपर्ने सरस्वती माविका प्रधानध्यापक राम प्रसाद न्यौपानेले बताउनुभयो । प्रविधिको प्रयोगले शिक्षाको गुणस्तर सुधारमा अझ एउटा इटा थपेको न्यौपानेले बताउनुभयो ।

वडाले चालु आर्थिक वर्षको ६ महिनामा ५० प्रतिशत योजना सम्पन्न गरेको, ३० प्रतिशत योजनाको सम्झौता भई सञ्चालनमा रहेको र २० प्रतिशत योजनाको सम्झौता हुन बाँकी रहेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

सम्बन्धित खवर