मेरो तलब भत्ताबाट भएनि सहयोग गर्छु ः मान प्रसाद लिम्बु

मेरो तलब भत्ताबाट भएनि सहयोग गर्छु ः मान प्रसाद लिम्बु

दिपेश रोक्का, कानेपोखरी

परिआएको खण्डमा आफ्नो तलब भत्ताबाट भएपनि सहयोग गर्ने सांसद मान प्रसाद लिम्बुले बताउनुभयो । मोरङको कानेपोखरीमा आयोजित आदर्श समाज कानेपोखरीको प्रथम साधारणसभालाई सम्बोधन गर्दै लिम्बुले यस्तो बताउनुभएको हो ।

साधारणसभालाई सम्बोधन गर्दै लिम्बुले भन्नुभयो “कार्यक्रम गर्दैजाँदा आर्थिक अभाव हुन सक्छ । कतैबाट बजेट उपलब्ध हुने स्थिति नभएको खण्डमा म मेरो तलब भत्ताबाट भएपनि सहयोग गर्छु ।”

साधारणसभामा स्थानीय समाजसेवी, ज्येष्ठ नागारिक, प्रहरी प्रशासन विभिन्न राजनीतिक दलका नेता, विघार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो । आदर्श समाजले सुर्तीजन्य पदार्थको प्रयोग कम गर्न जनचेतनामूलक कार्यक्रम गर्ने, लागुऔषधको बढ्दो मात्रालाई कम गर्न आर्यक्रमहरू गर्ने समाजका अध्यक्ष प्रकाश दाहालले बताउनु भयो।

कार्यक्रममा दुर्गा बहाउदुर कार्की, नवीन झोडाली लगायतले कबिता वाचन गर्नु भएको थियो ।

सम्बन्धित खवर