रमाइलो जेसिजले मनायो स्थापना दिवश

रमाइलो जेसिजले मनायो स्थापना दिवश

दिपेश रोक्का, कानेपोखरी
मोरङको कानेपोखरी गाउँपालिका स्थित रमाइलो जेसिजले ५ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसका दिन रमाइलो जेसिजका संस्थापक अध्यक्ष हिमप्रसाद तिम्सिनाले बत्ती बालेर कार्यक्रमको उदघाट्न गर्नुभयो ।

स्थापना दिवसको अवसर पारेर रमाइलो जेसिजले विभिन्न कार्यक्रमको आयोजना गरेको थियो । अघिल्लो दिन एलओएम अफिसर तालिमको आयोजना गरेको थियो । सो तालिमको सहजीकरण ट्रेनर जेसि सुनिल तिम्सिनाले गर्नुभयो । सो तालिममा २५ जना सहभागीहरू रहेका थिए ।

दोस्रो दिन जेसिज सचिवालयको उदघाट्न संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरूले रिवन काटेर उद्घाटन गरेका थिए । रमाइलो जेसिजका अध्यक्ष मात्रिका कोइरालाले रमाइलो जेसिजले कानेपोखरीमा भिन्न प्रकृतिका र नयाँ नयाँ कार्यक्रमको आयोजना गर्ने बताउनुभयो ।

सम्बन्धित खवर