आफैंलाई आगो लगाएका आचार्यको मृत्यु

आफैंलाई आगो लगाएका आचार्यको मृत्यु

संघीय संसद् भवन अगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो । इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए ।

आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो ।उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो । स्रोतका अनुसार आचार्यको शव श्रीमती आइपुगेपछि मात्रै अस्पतालबाट निकालिने छ । आत्मदाह गर्नुअघि आचार्यले सबै उपाय लगाउँदा पनि केही उपाय लागेन भन्दै लामो स्टाटस लेखेका थिए ।

अहिले आचार्यको निधन पछि सामाजिक संजालमा सरकारको चर्को बिरोध भइरहेको छ । सामाजिक संजालको माध्यमबाट आर्थिक रकम सहयोग गर्नेको पनि भिड लागिरहेको छ । आचार्यले आत्मदाह गर्नुअघी लेखेको स्टाटसमा श्रीमती र बच्चाहरुका लागि भएपनि आर्थिक सहयोग गरिदिन याचना गरेका थिए ।

सम्बन्धित खवर