पथरीशनिश्चरे वडा नं. ८ मा पुर्जा वितरण

पथरीशनिश्चरे वडा नं. ८ मा पुर्जा वितरण

पथरी, मोरङको पथरीशनिश्चरे वडा नं. ८ मा ११ जनालाई पुर्जा वितरण गरिएको छ ।

आज वडा कार्यालयमा राष्ट्रिय भूमी आयोग जिल्ला समिति मोरङको अध्यक्ष सुसिला घिमिरे, सदस्य सचिव सुदिप श्रेष्ठ, वडा अध्यक्ष नवीन कार्की, वडा सदस्यहरू झमकबहादुर लिम्बु र शान्ता योङ्हाङ लगायतको उपस्थितिमा पुर्जा वितरण गरिएको हो ।

पुर्जा प्राप्त गर्नेहरुमा वडाका चोकराज कटुवाल, जैसे मगर, टिकाराम दाहाल, प्रेमबहादुर माझी, डम्बरबहादुर माझी, पुर्णबहादुर माझी (क), पूर्णबहादुर माझी (ख), चन्द्रमाया कटुवाल, शुकविर माझी, इन्द्रबहादुर विश्वकर्मा र लोकबहादुर कार्की रहनुभएको छ ।

अघिल्लो आयोगले गरेको अधुरो कामलाई पूरा गरी पथरीशनिश्चरेमा प्रथम पटक पुर्जा वितरण गरिएको वडा अध्यक्ष नविन कार्कीले जानकारी दिनुभयो । यसैगरी शुक्रबारे, शान्तिचोक, चौबिसे टोल, पुल चौक, बागडुग्रा, राई डाडा लगायतको क्षेत्रमा नयाँ नापी सुरु गर्न स्थलगत अनुगमन पनि गरिएको छ ।

सम्बन्धित खवर