पथरीशनिश्चरे वडा नं. २ द्वारा आयोजित खेलकुद सप्ताहको समापन

पथरीशनिश्चरे वडा नं. २ द्वारा आयोजित खेलकुद सप्ताहको समापन
पथरी, मोरङको पथरीशनिश्चरे वडा नं. २ द्वारा आयोजित खेलकुद सप्ताहको आइतबार समापन भएको छ ।
वडास्तरीय क्रिकेट च्याम्पियन कप र टोल स्तरीय फुटबल खेलको उपाधि वडा नं १ र बुद्ध चौक टिमले आफ्नो पोल्टामा पारेको छ ।
फाइनल खेलमा बुद्ध चौक फुटबल टिमले ३–१ को फराकिलो अन्तरमा जित हासिल गरेको हो । यस्तै, वडा २ मा आयोजित नगर क्रिकेट च्याम्पियन २०७९ वडा नं. १ ले जितेको छ ।
खेलकुद सप्ताह अन्तर्गत विभिन्न विधामा प्रतिस्पर्धा गराइएको थियो । जसअनुसार सटपुट/छेलो प्रतियोगितामा मौसम लिम्बु, दिपेश ढुंगाना र श्याम राई क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । यस्तै ४ सय मिटर दौड प्रतियोगितामा विनायक लिम्बु, मन क्षेत्री र सबिन श्रेष्ठ तृतीय स्थान हासिल गरेका थिए । यस्तै २ सय मिटरको दौड प्रतियोगितामा भीम महतरा, सविन श्रेष्ठ र बिनायक लिम्बु क्रमशः प्रथम, दोस्रो, र तेस्रो स्थान हासिल गरेका थिए ।
समापन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्पापो, विशिष्ट अतिथि उपप्रमुख देवी माया काफ्ले, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी वेदप्रसाद गौतम, वडा नं. ८ का वडाध्यक्ष/ नगर प्रवक्ता नविन कार्की, वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, ३ का अध्यक्ष विजय लिम्बु, ७ का अध्यक्ष उद्धवराज बस्नेत लगायतका जनप्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर