पथरी, सहकारी कर्मचारी संगठन पथरीशनिश्चरे मोरङको १४ औँ साधारणसभा सम्पन्न भएको छ ।
संगठनले आइतबार उर्लाबारीको बेतिनि सिमसारमा पिकनिक सहित १४ औँ साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रममा विभिन्न बिधाहरूमा सम्मान तथा पुरस्कार समेत वितरण गरियो ।
संगठनले सहकारी संस्था संस्थापक अध्यक्ष सम्मानबाट कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लि. का संस्थापक अध्यक्ष जनक पोखरेललाई प्रदान ग¥यो । सहकारी अभियान निरन्तरता सम्मान जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङका वरिष्ठ उपाध्यक्ष एकराज निरौला, लेखा सुपरीवेक्षण समिति संयोजक बिना राईलाई प्रदान ग¥यो ।
यस्तै, सहकारी कर्मचारी निरन्तरता सम्मानबाट आरती बहुउद्देश्यीय सहकारी संस्था लि. मा २२ वर्षदेखि कार्यरत कर्मचारी चण्डिका बराल र मनकामना सहकारी संस्था लि. मा कार्यरत कर्मचारी पार्वता बुढाथोकीलाई सम्मान गरियो । उत्कृष्ट बचतकर्ता पुरस्कार होमा कुमारी तिवारी, उत्कृष्ट ऋण कारोबार पुरस्कार अर्पणा देवानलाई प्रदान गरियो ।
संगठनले यसवर्ष सहकारीमा निर्वाचित भएका सञ्चालक समिति र लेखा समितिलाई बधाई तथा शुभकामना समेत प्रदान गरिएको छ । यसवर्ष पथरीशनिश्चरे बचत तथा ऋण, शनिश्चरे बचत तथा ऋण, मनकामना बचत तथा ऋण, अष्टलक्ष्मी बचत तथा ऋण र गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. मा नयाँ सञ्चालक समितिको निर्वाचन सम्पन्न भएको छ ।
यस संगठनमा पथरीशनिश्चरेका सहकारीमा कार्यरत १३९ जना कर्मचारीहरू सदस्य रहेका छन् । संगठनको ४७ लाख वासलात रहेको कोषाध्यक्ष ईन्दिरा बुढाथोकीले प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा विभिन्न रमाइला खेलहरू सहित सम्पन्न गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोख्रेल रहनुभएको थियो । सहकारी संगठनले जिल्लामा नै उत्कृष्ट काम गरेको भन्दै पोखरेलले प्रशंसा गर्नुभयो ।