वडा नं. ८ का १० जनाले पाउदैछन् जग्गा धनिपूर्जा

वडा नं. ८ का १० जनाले पाउदैछन् जग्गा धनिपूर्जा

पथरी, राष्ट्रिय भुमि आयोग जिल्ला कार्यसमिति मोरङमा पूर्जा वितरण सम्बन्धी छलफल भएको छ । पथरीशनश्चिरे नगरपालिका वडा नं. ८ का अध्यक्ष नविनजंग कार्की र राष्ट्रिय भूमि आयोग मोरङ अध्यक्ष शुसिला घिमिरे बिच छलफल भएको हो ।

वडाको शुद्ध ऐलानी जग्गाको नयाँ नक्सा पास गरी धनिपूर्जा वितरण गर्ने तयारी भइरहेको छ । पहिलो चरणमा वडा नं. ८ का चोकराज कटुवाल, जैसे मगर, टिकाराम दाहाल, प्रेमबहादुर माझी, डम्बर बहादुर माझी, पुर्णबहादुर माझी “क”, पुर्णबहादुर माझी “ख”, चन्द्रमाया कटुवाल, शुकविर माझी, इन्द्रबहादुर विश्वकर्मालाई लालपुर्जा वितरण गर्ने तयारी भइरहेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

यसपछि अधुरा कामहरूको मोठ कायम गरि लालपुर्जा वितरणको प्रक्रिया समेत अगाडी बढाईने छलफल भएको कार्कीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर