पथरीमा बजारमा अव्यवस्थित रुपमा पार्किङ गर्नेलाई धमाधम कार्वाही

पथरीमा बजारमा अव्यवस्थित रुपमा पार्किङ गर्नेलाई धमाधम कार्वाही

पथरी, पथरीशनिश्चरे नगरपालिकाको नगर प्रहरीले अव्यवस्थित रुपमा पार्किङ गरेर राखिएका टेम्पु र मोटरसाइकललाई नियन्त्रण गर्दै कार्वाहीमा सक्रियता बढाएको छ ।

बिहिबार पथरी बजारमा जथाभावी पार्किङ गरी राखिएको मोटरसाइकल, टेम्पु र साइकलहरूलाई हटाइएको थियो । यसैगरी केही मोटरसाइकल, टेम्पो र साइकलहरू नियन्त्रणमा लिई सिक्री बाधेर चाबी लगएको थियो ।

नियन्त्रणमा लिइएका सवारीका धनी सम्पर्कमा आएपछि आवश्यक परामर्श दिई छाडिने नगरका प्रहरी हवल्दार बलबहादुर गौतमले जानकारी दिनुभयो । साथै, आजबाट भने सवारी ऐन तथा नियम अनुसार कडाईका साथ कारबाही गरिने गौतमले बताउनुभयो ।

सम्बन्धित खवर