नगर अस्पतालमा स्टोर कोठा निर्माण हुँदै

नगर अस्पतालमा स्टोर कोठा निर्माण हुँदै

पथरी, मोरङको पथरीशनिश्चरे वडा नं. २ मा स्थापित नगर अस्पतालमा आँखा उपचार सेवा सञ्चालनका लागि कोठा थप गर्ने काम भइरहेको छ । आँखा उपचारका लागि आवश्यक पर्ने स्टोर निर्माणको काम अहिले भइरहेको हो ।

अस्पतालबाट निस्कने फोहर वस्तुहरुलाई स्टेरिलाईजेसन गरी फोहर व्यवस्थापन गर्नको लागि स्वास्थ्य विभागबाट सहयोग आएको अटोक्लेभ मेसिन राख्ने स्थान पनि निर्माण भइरहेको नगर स्वस्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिए ।

सो निर्माण कार्यको नगर प्रमुख मोहनप्रसाद तुम्वापो, वडा नं. २ का वडा अध्यक्ष नैना राई, स्वास्थ्य संयोजक मुरारी आचार्य, समाजसेवी बाबुराम राईले संयुक्त रुपमा अनुगमन गरेका छन् ।

सम्बन्धित खवर