विद्यार्थीलाई न्यायो कपडा वितरण

विद्यार्थीलाई न्यायो कपडा वितरण

पथरी, पथरीशनिश्चरे वडा नं. ८ को लक्षित समूह अन्तर्गत बालबालिका शीर्षकमा विनियोजित रकमबाट बुद्ध मावि सखुवाराको विद्यार्थीहरुलाई न्यायो कपडा (स्वेटर) वितरण गरिएको छ ।

आज नगर उप–प्रमुख देवीमाया काफ्लेको प्रमुख आतिथ्यमा विद्यालयको अंग्रेजी माध्यम अन्तर्गत नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई स्वेटर वितरण गरिएको हो ।

यस्तैगरी आइतबार वडा नं. ८ कै दुर्गा आधारभूत विद्यालयमा स्वेटर र मिलन आधारभूतमा ५५ जोर जुत्ता मोजा विद्यार्थीहरुलाई वितरण गरिने बताइएको छ ।

आज बुद्ध माविको हातामा भएको कार्यक्रममा वडा अध्यक्ष नविन कार्की, वडा सदस्य बाबुराम चौधरी, झमक बहादुर लिम्बु, शान्ता योङहाङ, शिवकुमार गजमेर, विद्यालयका प्रधानाध्यापक बोधराज सिग्देल र शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

वडाको बालबालिका लक्षितबाट ५० हजार रुपैयाँ र विद्यालयमा डिजिटल हाजिरी मेसिन खरिदपछि बचत रकम ४० हजार गरी जम्मा ९० हजार रुपैयाँबाट ३ सय थान स्वेटर र ५५ थान जुत्ता मोजा खरिद गरिएको वडा अध्यक्ष नविन कार्कीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर