अब पासपोर्ट र लाइसेन्स लिन लाइन बस्नुपर्ने झन्झट रहदैन त ?

अब पासपोर्ट र लाइसेन्स लिन लाइन बस्नुपर्ने झन्झट रहदैन त ?

सरकारको पहिलो निर्णय नै पासपोर्ट अर्थात रहदानी र सवारी चालक अनुमतिपत्र लाइसेन्स लिन लाइन बस्नुपर्ने झनझट हटाउने रहेको छ ।

सरकारले पटक पटक गरेका यस्ता निर्णय कार्यान्वयनमा भने नजाने भएकाले यो निर्णय माथि पनि प्रश्न गर्ने प्रसस्तै ठाउँहरु रहेका छन् । अहिले राहदानी विभाग त्रिपुरेश्वरमा मध्यरातदेखि नै नागरिक लाइनमा बस्नु परेको यर्थाथतालाई मध्यनजर गर्दै सरकारले त्यस्तो निर्णय गरेको जनाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गरेलगत्तै सिंहदरबारमा बसेको पहिलो बैठकले विशेषगरी राहदानी र सवारी चालक अनुमतिपत्रका सम्बन्धमा देखिएको समस्या समाधान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्मा भएका निर्णयका बारेमा जानकारी दिनुहुँदै प्रधानमन्त्री दाहालले नै राहदानी र सवारी चालक अनुमतिपत्र लिन लामो लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “राहदानी र सवारी चालक अनुमतिपत्रसम्बन्धी विषयमा लामालामा लाइन र नागरिकको जुन खालको पीडा देखिएको छ । त्यसलाई समयभित्रै नियन्त्रण गर्नेगरी प्रभावकारी ढङ्गले जनतालाई सेवा दिने निर्णय गरेका छौँ ।”

प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रा अगाडि जटिलता र चुनौतीहरू छन् । जनतामा आशा र भरोसा बढेको देखिएको छ । केही नयाँ गरिछाड्नेहरूको सङ्कल्प भएकाको केन्द्रीकरण भएको छ । त्यसकारण पनि काम गर्न मलाई सहज लागेको छ ।” उहाँले मुलुकको अर्थतन्त्रमा देखिएको जटिलतालाई सुधार गर्ने, जनतामा सुशासनको प्रत्याभूति गराउने र सेवा प्रवाहमा केन्द्रित हुने गरी पहिलो बैठकमा छलफल भएको बताउनुभयो ।

सम्बन्धित खवर