विश्व इतिहासमा आजः युनिसेफको स्थापनादेखि बेलायती राजाले राजगद्दी त्यागेको त्यो दिन

विश्व इतिहासमा आजः युनिसेफको स्थापनादेखि बेलायती राजाले राजगद्दी त्यागेको त्यो दिन

आज ११ डिसेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रम

युनिसेफको स्थापना
सन् १९४६ मा राष्ट्रसंघीय अन्तरााष्ट्रिय बालबालिकासम्बन्धी आपत्कालीन कोष युनिसेफको स्थापना भएको थियो । युनिसेफले विश्वभरका बालबालिकाको भलाईका लागि काम गर्छ ।

जर्मनी र इटालीविरुद्ध अ‍ेमेरिकाद्वारा युद्ध घोषणा
सन् १९४१ मा अमेरिकाले जर्मनी र इटालीविरुद्ध युद्ध घोषणा गरेको थियो । अमेरिका औपचारिक रुपमा युद्धमा प्रवेश गरेसँगै पहिलो विश्वयुद्धले भयानक मोड लिएको थियो ।

बेलायती राजाद्वारा राजगद्दी परित्याग
सन् १९३६ मा बेलायतका राजा इडवार्ड आठौं बेलायतको राजगद्दी त्याग गरेको घोषणा गरेका थिए । अमेरिकी युवती वाल्स वारफिल्ड सिम्पसनसँग विवाह गर्न राजाले राजगद्दी नै त्यागेका थिए ।

सन् १९९७ मा जलवायु सम्बन्धी राष्ट्रसंघीय सम्झौता क्वेटो प्रोटोकलमा हस्ताक्षर भएको थियो । विश्वबाट हरितगृह ग्यासको उत्सर्जन घटाउन सो सम्झौतामा विभिन्न देशहरुले हस्ताक्षर गरेका थिए । अमेरिकाले भने सो सम्झौता अनुमोदन गरेको थिएन् ।

सम्बन्धित खवर