मोरक्को पहिलो पटक सेमिफाइनलमा, पोर्चुगल बाहिरियो

मोरक्को पहिलो पटक सेमिफाइनलमा, पोर्चुगल बाहिरियो

अफ्रिकन टोली मोरक्को शनिबार राति पोर्चुगललाई १–० ले पराजित गर्दै फिफा विश्वकपको इतिहासमै पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ ।

युसुफ अल नासिरीले पहिलो हाफमा गरेको हेड गोल निर्णायक बनेपछि मोरक्को सनसनीपूर्ण नतिजा निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

दोहास्थित अल थुमामा रंगशालामा मोरक्कोका लागि खेलको ४२औं अटिया अल्लाहको क्रसमा युसुफ अल नासरीले गोल गरे । यस अघि पोर्चुगलले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेको थियो ।

पोर्चुगलका दर्जनभन्दा बढि खतरनाक प्रयासलाई बिफल बनाउँदै टोलीले अफ्रिकी फुटबलमा पहिलो पटक सेमिफाइलनमा स्थान बनायो । खेलमा मोरक्कोले जम्मा २७ प्रतिशत पोसेसन राखेको थियो ।

मोरक्कोले अन्तिम १६ मा पूर्व च्याम्पियन स्पेनलाई टाईब्रेकरमा निराश पारेको थियो ।

सम्बन्धित खवर