के यो पृथ्वीकै ‘अनागरिक’ हुन् रबि लामिछाने ?

के यो पृथ्वीकै ‘अनागरिक’ हुन् रबि लामिछाने ?

के यो पृथ्वीकै ‘अनागरिक’ हुन् रबि लामिछाने ? यो प्रश्न प्रेम बानियाले गरेका हुन् । बानियाले सामाजिक सञ्जाल फेसबुक मार्फत रबि आफ्नो सबैभन्दा नजिकको मान्छे भएकाले माया र गाली दुवै गर्नसक्ने बताएका छन् ।

उनले योसंगै सरकारकाक उच्च पदस्थ व्याक्तिहरुलाई गतिलो झापड पनि हानेका छन् । उनले सरकारमा भएका मन्त्रीपरिषदमा रहेका व्याक्तिहरुको गोजीमा पिआर र बिदेशी नागरिक्ता भएको खुलासा गर्ने समेत बताएका छन् ।

यस्तो छ उनको भनाइ

के यो पृथ्वीकै अनागरिक हुन रबि लामिछाने ? रबि जी मेरा यस्ता साथी हुन् कि यिनलाई म माया र गाली दुबै मज्जाले गर्नसक्छु ।

के म सप्रमाण प्रस्तुत गरौं नेपाल सरकारको मन्त्रीपरिषद्मा रहेका कति जना मन्त्रीहरुको गोजि र सिरानीमा पीआर र विदेशी नागरिकता छ ? नेपाल आर्मीका कति जना आर्मीका पूर्वचिफ, अफिसरहरु, प्रहरीका बरिष्ठ अधिकारीहरु, सांसद्हरु र ककस्को गोजीमा विदेशको पीआर वा नागरिकता छ ? किन रबिजीलाई च्याप्न खोजेको ?

सक्छौ भने अमेरिकी सरकारलाई प्रश्न सोध कि रबिजी कहिलेदेखि कहिलेसम्म अमेरिकी नागरिक थिए ? वा कहिलेदेखि कहिलेसम्म नेपाली नागरिक थिए ?

भनेर आफ्नै पोल्टाको कागज पल्टाए भयो त, कहिले छोडे उनले अमेरिकी नागरिकता ? कसरी छोडे ? छोडेर उनले कुन देशको नागरिकता लुटे ?

के यो पृथ्वीकै ‘अनागरिक’ हुन रबि लामिछाने ? नत्र, न्यायको प्राकृतिक सिद्दान्तअनुसार कोही मान्छे कसरी संसारकै अनागरिक हुनसक्छ ? यो बेकारको बहसमा सिंगो नेपाली समाजलाई किन अल्झाएको ?

के नेपालको सर्वोच्च अदालतले भन्न सक्छ नेपालमा जन्मिएको एउटा सन्तानले केही समयको लागि अर्कै देशको नागरिकता लिएको थियो, उस्ले छोड्यो अनि ऊ नेपाली नै रहेन ? के कुरामा हामी कुरा गरिरहेका छौं ?

त्यो एनआरएनए भन्ने पनि छ यो दुनियाँमा ? बहस गर्न सकिन्न ? यति गम्भीर विषयमा संसारभर छरिएर रहेका नेपालीहरु जो उस्तै स्थितीमा छन् । के हुन्छ ? अनुमान छ ?

म त गर्वसाथ जिन्दगीभर मेरो देशको नागरिकता प्राण रहुन्जेल च्यात्ने छैन भनेर बाँचेको छु, बाँच्नेछु । विवशताका अरु हजारौं नेपालीहरुबारे अब कस्ले बोल्छ ? अब देश वास्तविक परिवर्तनको बहसमा आइपुगेको छ । बोलौं साथीहरु, बोलौं ।

रबि जी मेरा यस्ता साथी हुन् कि यिनलाई म माया र गाली दुबै मज्जाले गर्नसक्छु ।

सम्बन्धित खवर