गहुँको बीउ गाडीमा लगेको आरोपमा अधिकृतलाई प्रहरी समक्ष बुझाइयो

गहुँको बीउ गाडीमा लगेको आरोपमा अधिकृतलाई प्रहरी समक्ष बुझाइयो

सप्तरी, सप्तरीको कञ्चनरुप नगरपलिकाले वितरण गर्न ल्याएको गहुँ बीउ चोरेर लग्दै गर्दा नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत रामसेवक यादवलाई पक्राउ गरेर स्थानीयले प्रहरीलाई बुझाएका छन् ।

कञ्चनरुप नगरपालिकामा गहुँको बीउको अभाव भएका बेला स्वास्थ्य शाखा प्रमुख यादबले हेल्थ लेखेको गाडीमा बुधबार एक बोरा गहुँ लैजाँने क्रममा स्थानीयले पक्राउ गरेका हुन् ।

स्वास्थ्य शाखाका अधिकृत यादवले कञ्चनरुप नगरपालिका ८ स्थित मगर टोल नजिक ३०१०२३ च ६५४२ नम्बरको गाडीमा बिउ लैजाने क्रममा पक्राउ गरिएको जनमत पार्टी कञ्चनरुपका नगर अध्यक्ष अनिल पंजियारले जानकारी दिए । स्वास्थ्य शाखा अधिकृतकाे गाडी समेत इलाका प्रहरी कार्यालय कंचनपुरको जिम्मा लगाएको छ ।

यादवले भने गाडीमा गहुँको बोरा रहेको आफूलाई थाह नभएको जिकिर गरेका छन् । इलाका प्रहरी कार्यालयका डिएसपी रामकुमार यादवले यस विषयमा अनुसन्धान भइरहेको बताए ।

सम्बन्धित खवर