थापाथलीको सुकुम्बासी बस्ती हटाउन खोज्दा तनाव

थापाथलीको सुकुम्बासी बस्ती हटाउन खोज्दा तनाव

काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ ।

सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि त्यहाँबस्नेहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो । वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् ।

घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका सुकुम्बासी बस्तीका स्थानीयले गृहमन्त्री एवं महानगरका मेयरविरुद्ध चर्को नारावाजी गरिरहेका छन् ।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिर चुनावकै दिनसम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो । समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन ४ मंसिरसम्मको समयसीमा दिएको थियो । अनलाइन खबरबाट

सम्बन्धित खवर