मोरङ १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू विजयी

मोरङ १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू विजयी

उर्लाबारी, मोरङको क्षेत्र नम्वर १ मा नेकपा एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै नेपाली कांग्रेसका जिल्ला सभापति डिग बहादुर लिम्वु विजयी बन्नु भएको छ ।

मतगणनाको सुरूवातदेखि पछि पर्नु भएका लिम्वुले मत परिणामको अन्तिममा आएर खतिवडालाई पछि पार्दै विजयी हासिल गर्नु भएको हो ।

निर्वाचन कार्यालयले शनिबार साँझ घोषणा गरेको अन्तिम मत परिणाममा डिगबहादुरले २५ हजार ७९४ मत ल्याउदा खतिवडाले २५ हजार ४६९ मत प्राप्त गर्नु भएको थियो । प्राप्त मतपरिणामका आधारमा लिम्वुले खतिवडालाई ४३० मतान्तरले पछि पार्दै विजयी हासील गर्नु भएको हो ।

२०७४ को निर्वाचनमा खतिवडाले लिम्बूलाई पराजित गर्नु भएको थियो यस पटकको निर्वाचनमा लिम्वुले अघिल्लो निर्वाचनको बदला खतिवडासंग लिनु भएको छ । २०७० मा लिम्बूले खतिवडालाई पराजित गर्नु भएको थियो ।

यस्तै प्रदेश सभा १ क तर्फ नेकपा एमालेका उमाकान्त गौतमले लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार कुशल साम्वालाई ३ हजार ५ सय २७ मतले पछि पार्दै विजयी हासिल गर्न भएको थियो । एमालेका गौतमले १३ हजार ५३१ र साम्वाले १० हजार ४ मत प्राप्त गर्नु भएको थियो ।

यस्तै प्रदेश १ ख मा पनि नेकपा एमालेका खड्ग बहादुर बस्नेतले लोकतान्त्रिक बाम गठबन्धनका एकिकृत समाजवादीका उम्मेदवार उपेन्द्र प्रसाद घिमिरेलाई ६ सय ७६ मतले पछि पार्दै विजयी हासील गर्नु भएको थियो । एमालेका बस्नेतले १४ हजार ५३९ मत प्राप्त गर्नु भएको थियो भने बर्तमान प्रदेश नम्वर १ का सुचना तथा संचार मन्त्रि समेत रहनु भएका घिमिरेले १३ हजार ८ सय ६३ मत प्राप्त गर्नु भएको थियो ।

सम्बन्धित खवर