मोरङ २ मा कांग्रेसको बिरासत तोड्दै पोख्रेल बिजयी

मोरङ २ मा कांग्रेसको बिरासत तोड्दै पोख्रेल बिजयी

पथरी, नेपाली कांग्रेसको बिरासत मानिएको मोरङ २ मा एमालेका ऋषिकेश पोख्रेल बिजयी भएका छन् ।

प्रोख्रेलले ३३ हजार १४८ मत ल्याएर बिजयी भए । उनका प्रतिस्पर्धी कांग्रेस नेतृ सुजता कोइरालाले ३१ हजार ९४० मत ल्याइन् । तेस्रो बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्र न्यौपानेले ४ हजार ९८७ मत ल्याए । कोइरालालाई १ हजार २०८ मतले पछि पार्दै पोख्रेल बिजयी बनेका हुन् ।

गिरिजा प्रसाद कोइराला पुत्री सुजता कोइरालाले बाबुको इच्छा पुरा गर्ने भन्दै चुनाव लड्न क्षेत्र छिरेपनि मतदाताले उनको संसदीय यात्रामा ब्रेक लगाइदिए । कांग्रेसको दवदवा रहेको यस क्षेत्रमा चित्तबुझ्दो उमेद्वार कांग्रेसले पठाउन नसक्दा मोरङबाट एमालेलाई क्लिनस्वीप हुनबाट रोक्यो ।

२०७४ को निर्वाचनमा यस क्षेत्रबाट मोरङमा कांग्रेसको एक्लो बिजेता डा. मिनेन्द्र रिजाल थिए । यसपटक पनि रिजाल नै उमेद्वार हुने आंकलन थियो तर त्यसो भएन । कांग्रेस एक्लै हुदा निर्वाचन जितेको क्षेत्रमा अहिले गठबन्धन हुदा पनि हार ब्यहोर्नु परेको छ । यसका पछाडी उपयुक्त उमेद्वार नहुनु र पार्टीका जिम्मेवार व्याक्तिहरुको असहयोग नै हो ।

प्रदेशसभामा उप्रेती र अधिकारी बिजयी

प्रदेशसभा १ मा माओवादीका गणेश प्रसाद उप्रेती बिजयी भएका छन् । उप्रेतीले एमालेका दान बहादुर कार्कीलाई ३५५ मतको झिनो मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । उप्रेतीले १५ हजार ३३ मत ल्याउदा कार्कीले १४ हजार ६७८ मत ल्याए । राप्रपाका श्रीकान्त पौदार २ हजार ३०४ मतसहित तेस्रो बने ।

प्रदेशसभा २ मा एमालेका लिलाबल्ल्भ अधिकारी पूनः बिजयी बनेका छन् । अधिकारीले कांग्रेसका बिनोद कार्कीलाई २ हजार ८०० मतान्तरले पछि पार्दै जित निकालेका हुन् । अधिकारीले १७ हजार ७५२ मत ल्याउदा कार्कीले १४ हजार ९५२ मत ल्याए । यहाँ राप्रपाका राजेन्द्र अधिकारी ३ हजार ९५ मतसहित तेस्रो बने । योसंगै प्रदेशसभामा अधिकारी दोस्रो पटकको यात्रा पुरा भएको छ ।

सम्बन्धित खवर