मोरङ ३ मा भारी मतान्तर, शर्मालाई पछ्याउदै ढकाल

मोरङ ३ मा भारी मतान्तर, शर्मालाई पछ्याउदै ढकाल

पथरी, मोरङ ३ मा कांग्रेसका सुनिल कुमार शर्माले भारी मतान्तर बनाएका छन् । शर्माले ३१ हजार १६२ मत सहित अग्रस्थान बनाउदा एमालेका भानुभक्त ढकाल १६ हजार ४०१ मत सहित दोस्रो स्थानमा छन् । शर्माको र ढकालको मतान्तर १४ हजार ७६१ रहेको छ । यस क्षेत्रमा राप्रपा नेतृ रेखा थापा मत ७ हजार १४६ मत सहित तेस्रो स्थानमा छिन् ।

प्रदेशसभा (क) मा कांग्रेसका मान बहादुर लिम्बुले १८ हजार २८६ मत ल्याए भने एमालेका दिलिप कुमार राईले १३ हजार ८५८ मत ल्याए । लिम्बु ४ हजार ४२८ मतसहित बिजयी भएका हुन् । यता प्रदेशसभा (ख) मा एमालेका ज्ञानेन्द्र सुवेदीको अग्रता रहेको छ । सुवेदीको ९ हजार ५८८ मत छ भने नेकपा एकिकृत समाजवादीका लक्ष्मी कुमार श्रेष्ठको ७ हजार ८६२ मत रहेको छ । सुवेदी र श्रेष्ठको १ हजार ७२६ को मतान्तर रहेको छ ।

यस क्षेत्रमा १ लाख ४९ हजार ८३३ मतदाता रहेका छन् जसमध्ये ९७ हजार ५०९ अर्थात ६५.०८ प्रतिशत मत खसेको थियो ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: