मोरङ २ मा कांग्रेसको किल्ला ढाल्ने दाउमा ऋषिकेश, पछ्याउदै सुजाता

मोरङ २ मा कांग्रेसको किल्ला ढाल्ने दाउमा ऋषिकेश, पछ्याउदै सुजाता

पथरी, मोरङ २ मा एमालेका ऋषिकेश पोखरेलले कांग्रेसकाको किल्ला ढाल्ने दाउमा छन् । पोखरेलले १८ हजार २४९ मत पाउनुभएको छ भने कांग्रेस उमेद्वार सुजाता कोइरालाले १७ हजार ९४४ मत पाउनुभएको छ । कोइरालालाई ३०५ मतान्तरले पछि पार्दै पोखरेलको अग्रता कायम छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार ठगेन्द्र न्यौपाने २ हजार ३५६ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

प्रदेश सभा (क) मा ७ हजार ८७१ मत सहित माओवादीबाट गणेश उप्रेती अगाडी हुनुहुन्छ भने एमालेका दान बहादुर कार्कीले ७ हजार ६०३ मत पाउनुभएको छ । कार्की र उप्रेतीको मतान्तर २६८ रहेको छ । यता प्रदेशसभा (ख) मा एमाले लिलाबल्लभ अधिकारी ११ हजार ५६३ मत सहित अगाडी हुनुहुन्छ भने कांग्रेसका बिनोद कार्कीले १० हजार १३० मत पाउनुभएको छ । अधिकारी र कार्कीको मतान्तर १ हजार ४३३ को रहेको छ ।

यस क्षेत्रमा १ लाख २४ हजार ७२९ मतदाता रहेकामा ८० हजार १२७ अर्थात ६४.२४ प्रतिशत मत खसेको थियो ।

सम्बन्धित खवर