मोरङ १ मा घनश्यामका अग्रता कायमै, पछ्याउदै डिग बहादुर

मोरङ १ मा घनश्यामका अग्रता कायमै, पछ्याउदै डिग बहादुर

मोरङ निर्वाचन क्षेत्र नं. १ मा एमालेका घनश्याम खतिवडाले अग्रता कायम राख्नुभएको छ । खतिवडाको ११ हजार ४६४ मत रहेको छ भने नेपाली कांग्रेसका डिक बहादुर लिम्बुले १० हजार ६२६ मत सहित खतिवडालाई पछ्याइरहन्भएको छ । खतिवडा र लिम्बुको मतान्तर ८३८ रहेको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल बहादुर श्रेष्ठले ५ हजार २८० मत ल्याउनुभएको छ ।

प्रदेश सभा १ (क) मा एमालेका उमाकान्त गौतमले १३ हजार ७२ मत ल्याउनुभयो भने माओवादीका कुल प्रसाद साँवाले ९ हजार ६७६ मत ल्याउनुभयो । गौतमले साँवा भन्दा ३ हजार ३९६ मतान्तरले अग्रता कायम गर्नुभएको छ । प्रदेश सभा १ (ख) मा हालसम्मको मतपरीणाम आएको छैन् ।

यस क्षेत्रमा १ लाख २३ हजार ६१५ मतदाता रहेकामा ७६ हजार ०५४ मत खसेको थियो । यो जम्मा मतको ६१.५२ प्रतिशत हो ।

सम्बन्धित खवर