मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

लमजुङ, मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।

उनले निकटतम् प्रतिस्पर्धी एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन् । कांग्रेसका गुरुङले २ हजार ५ सय ७७ मत पाउँदा एमालेका गुरुङले २ हजार २ सय ४७ मत पाएका छन् ।

विजयी भएका गुरुङ मनाङबाट दोस्रोपटक निर्वाचित भएका हुन् । ०७० मा संविधानसभा सदस्य बनेका उनी श्रम तथा रोजगार राज्यमन्त्रीसमेत भएका थिए ।

सम्बन्धित खवर