मुस्ताङलाई २९ वर्षे युवाले गर्दैछन् नेतृत्व

मुस्ताङलाई २९ वर्षे युवाले गर्दैछन् नेतृत्व

मुस्ताङ, यस पटकको निर्वाचनमा युवाप्रतिको आकर्षण बढ्दो छ । मुस्ताङलाई २९ वर्षीय युवाले नेतृत्व गरेका छन् । नेपाली कांग्रेसमा नेता तथा पूर्व मन्त्री रौमी गोचन थकालीले टिकट पाएका थिए तर थकालीले आफ्नै २९ वर्षीय छोरा योगेसलाई टिकट दिए ।

योगेसले ३ हजार ९९२ मत सहित निवर्तमान सांसद एमालेका उमेद्वार प्रेम प्रसाद तुलाचनलाई हराएका हुन् । तुलाचनले ३ हजार ७८ मत ल्याए । होटल तथा पर्यटन व्यावसायी थकालीले अब मुस्ताङको नेतृत्व गरेर सदन प्रवेश गर्नेछन् । थकालीले बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन् ।

सम्बन्धित खवर