मोरङ ३ मा शर्माका अगाडी ढकाल रक्षात्मक भूमिकामा

मोरङ ३ मा शर्माका अगाडी ढकाल रक्षात्मक भूमिकामा

पथरी, मौन अवधि सुरु हुनुपुर्व सुनिल शर्माका अगाडी भानुभक्त ढकाल रक्षात्मक रुपमा अगाडी बढेका छन् । प्रतिनिधि सभामा दोस्रो पटक पूनः प्रतिस्पर्धामा रहेका शर्मा नतिजा हात पार्ने बलियो सम्भावनामा छन् भने ढकाल दोस्रो पटक पूनः जित निकाल्ने झिनो आशामा छन् ।

अघिल्लो निर्वाचनमा १९ सय मतान्तरले पराजित भएका शर्मालाई यसपटक नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी सहितको साथ रहेको छ । तर शर्माको भोट काट्नेगरी बागी उमेद्वार जयराज संयोग रहेका छन् भने राप्रपा उमेद्वार रेखा थापाको पनि राम्रो मत खस्ने अनुमान छ ।

ढकाललाई आफ्नै कार्यकालका कर्तुत लुकाउन आम जनतालाई ढाँटेर भएपनि भोट फकाउनुपर्ने अवस्था छ । एउटै कार्यकालमा ३ वटा मन्त्रालय समालेका ढकालले क्षेत्रमा देखावटी काम बाहेक केही गरेनन् । बहुसांस्कृतिक संग्राहलय, पेट्रोल खानी उत्खनन् जस्ता ढकालका मुख्या नारालाई जित्नासाथ टोकरीमा मिल्काए । उनैले सुन्दरहरैँचा १२ कर्जुनामा २०७७ माघ १९ गते सिलान्यास गरेको प्रादेशिक सरुवा रोग अस्पताल अलपत्र छ । सो स्थानमा अहिले तोरी खेती भइरहेको छ ।

ढकाल स्वास्थ्य मन्त्री भएका बेला कोरोना कोषबाट औषधि खरिद प्रकृयामा २४ करोड बढीको अनियमितता भएको संसदीय लेखा समितिको प्रतिबेदन अख्तियार अनुसन्धान आयोगमा थन्किएर बसेको बिषयले पनि स्वयम एमाले कार्यकर्तालाई ढकाल लिएर हिड्दा प्रस्न आउने गरेको बुझिएको छ ।

अहिले घरघर र टोल टोल पुगेर भोट माग्ने भन्दा पनि ढकाल समुहलाई महिले गल्ती गरेकै छैन् भनेर जनता सम्झाउनमा समय खर्चिनु परेको छ । पछिल्लो समय ढकाल गलेको महसुस आम मतदाताले गरेका छन् । सकेसम्म नजिता हात पार्ने नभए ठिकै छ भन्ने स्थीतिमा एमाले पुगेकाले होला अहिले रक्षात्मक रुपमा मात्रै घरदैलोमा हिडेको बुझिएको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: