पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिकामा हिउँदे तथा बर्खे तरकारीको बिउ वितरण गरिएको छ ।
कृषि विकास शाखाको स्वीकृत कार्यक्रम अन्तर्गत हिजो संयोजक उद्धवराज बस्नेत, सदस्यद्वय सिता भूषाल र मन्जु राईले संयुक्त रुपमा विउ वितरण गर्नुभएको थियो । हिउँदे तथा बर्खे तरकारीको बिउ नगरमा दर्ता भएका फर्म, सहकारी, कृषक समूहलाई वितरण गरिएको हो ।