नगरप्रमुख हुँदा माखो नमारेका दिलिप राई प्रदेश सदस्यका लागि भोट माग्दै

नगरप्रमुख हुँदा माखो नमारेका दिलिप राई प्रदेश सदस्यका लागि भोट माग्दै

पथरी, पथरी शनिश्चरे नगरपालिकाका निवर्तमान मेयर दिलिप कुमार राई यतिबेला प्रदेश सभा सदस्यका लागि भोट मागिरहेका छन् । ५ वर्षसम्म नगरप्रमुख हुँदा माखो नमारेका राईले फेरी प्रदेश सभा सदस्यका लागि भोट माग्दा केही ठाउँमा स्थानीयले झण्डै लखेटेका भिडियोहरू समेत सामाजिक सञ्जालमा आइरहेका छन् ।

नगरको कार्यकारी पदमा ५ वर्ष रहँदा राईले निर्वाचन ताका गरेका बाचा ५ प्रतिशशत पनि पुरा गरेनन् । कृषि बजार देखि घरघर टिलिक्क नगर झिलिक्क जस्ता उखाने बाचा रद्दीको टोकरीमा पु¥याए । नगरका बाटाहरू कालोपत्रे गर्ने योजना उनको कार्यकर्ता पोस्ने बाटो मात्रै बन्यो । बल्लतल्ल कालोपत्रे भएको नगरका २ वटा सडक अहिले पिच गरेको ३ वर्ष बित्न नपाउदै लथालिङ्ग अवस्थामा पुगेका छन् ।

सिधा भारतको सिमाना सिक्टी नाका जोड्ने एकमात्र सडक पथरी–अमरदह–सिक्टी सडकको बेहालत छ । वर्षाको समयमा खाल्डा परेर हसन्दहका स्थानीयले सडक अवरुद्ध गरेर धान रोपेपछि पुगेका राईले बाटो रातो किताबमा परेको र १ वर्षभित्रमा निर्माण हुने आस्वासन दिएका थिए तर ४ वर्ष वितिसक्दा पनि राईको रातो किताब कता हरायो कुनै ठेगान छैन् । बरु संघीय सांसद डा. मिनेन्द्र रिजालको पहलमा २५ करोड रुपैँया लगानी भएपछि सिक्टीबाट अहिले सडक निर्माणका लागि ड्रेन लगाउने काम सुरु भएको छ ।

नगरको ग्रामिण क्षेत्रको त कुरा छाडौँ पथरीको बजार क्षेत्र वडा नं. १ र २ मा पर्छ । बजार क्षेत्रका सडकहरू समेत अझै अलपत्र परेका छन् । बिवादित बतास फाउण्डेसनसंगको सहकार्यमा नेपालमै नभएको अत्याधुनिक वारुण यन्त्र (दमकल) ल्याउने गफ दिएका राईले झण्डै नगरले बिनियोजनको गरेको दमकलको बजेट समेत चिप्ल्याए तर नगरवासीको चर्को बिरोध पछि अन्ततः दमकल ल्याउन बाध्य भए ।

नगरको भवन भवन बनाउन ठोस पहल नगरेर घरभाडामा नगरका शाखा अफिसहरु सञ्चालन गरिरहेका छन् । भाडाबाट वार्षिक रुपमा लाखौँ रकम खर्चिनुपर्ने बाध्यता छ । नगरको बजार क्षेत्रमा समेत सडक वत्ती र सिसि क्यामेराको उचित व्यवस्थापन गर्न नसकेका राई फेरी प्रदेश सभामा पुग्ने सपनामा मतदाता झुक्याउन गाउँ गाउँ पुगेका छन् ।

एमाले उमेद्वार राईसंग गठबन्धनका तर्फबाट मान बहादुर लिम्बु प्रतिस्पर्दामा छन् ।

सम्बन्धित खवर