मतदाताकाे गुनासो : नगरदेखि केन्द्रसम्म एमालेको सरकार हुदापनि केहि गरेनन्

मतदाताकाे गुनासो : नगरदेखि केन्द्रसम्म एमालेको सरकार हुदापनि केहि गरेनन्

पथरी, निर्वाचनको संघारमा रहेका बेला पार्टिहरुले घरदैलो अभियान तिब्र रुपमा गरिरहेका छन् तर मोरङको निर्वाचन क्षेत्र नं. ३ मा भने मतदाता रुस्ट रहेका छन् ।

एमालेले बहुमत ल्याएर केन्द्र देखि स्थानीय तहसम्म आफ्नै सरकार हुदा समेत केही गर्न नसकेको गुनासो आम मतदाताको रहेको छ । स्थानीय तह निर्वाचन २०७४ मा क्षेत्र नं. ३ को पथरीशनिश्चरे, कानेपोखरी, बेलबारीमा एमालेको नेतृत्वमा सरकार चलेको थियो सुन्दरहरैँचामा कांग्रेस निकट मेयर थिए । सो समयमा केन्द्रमा एमाले माओवादीको गठबन्धनको एकल सरकार थियो । यस्तो सुनौलो अवसरमा समेत केही गर्न नसक्ने पार्टिबाट अब आस मरेको मतदाता बताउछन् ।

यसपटक क्षेत्र नं. ३ बाट प्रदेश सभाका लागि निवर्तमान मेयरहरु भिडेका छन् । स्थानीय तहमा ५ वर्ष कार्यकारी पदमा रहँदा समेत माखो नमारेका पथरीशनिश्चरेका निवर्तमान मेयर दिलिप कुमार राई क्षेत्र नं. ३ (१) र बेलबारीका निवर्तमान मेयर ज्ञानेन्द्र सुवेदी ३ (२) का लागि उमेद्वार छन् । कार्यकारी पदमा रहँदा काँडैकाँडमा मुछिएका मेयरहरू फेरी जनता झुक्याउन गाउँ पसेको मतदाताको आरोप छ ।

एमालेले सबै उमेद्वारहरू परीक्षण भइसकेका र काम नकाट्ने उठाएपछि अब मतादाताले नयाँ उमेद्वार रोज्ने बुझिएको छ ।

सम्बन्धित खवर