डा. शर्माको पक्ष झनै बलियो

डा. शर्माको पक्ष झनै बलियो

विराटचोक, विगतमा मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसमा देखिएको मतभेदले मंसिर ४ मा हुने निर्वाचनको परिणाममा कम मतान्तरले मात्रै कांग्रेस विजयी हुने अनुमान गरिएकोमा मतभेद अन्त्य भएकाले फराकिलो मतान्तरका साथ डा. सुनिल शर्मा विजयी हुने निश्चित देखिएको छ ।

गत वर्ष भएको कांग्रेसको १४ औँ महाधिवेशनमा देखिएको गुट उपगुटको राजनीति र गत स्थानीय तह निर्वाचनमा देखिएको मतभेदका कारण कम मतान्तरले कांग्रेस विजयी हुने अनुमान गरिएकोमा अहिले मोरङ ३ कांग्रेसको विवाद अन्त्य भएको छ ।

प्रतिनिधिसभा उम्मेदवार डा. सुनिल शर्मासँग असन्तुष्ट देखिएका सुन्दरहरैंचाका निवर्तमान मेयर शिवप्रसाद ढकाल, प्रदेश समानुपातिक सदस्यका लागि उम्मेद्वारसमेत रहेका जिल्ला कोषाध्यक्ष गोपाल थापालगायतका व्यक्ति शर्माको पक्षमा खुलेर लागेपछि मोरङ ३ कांग्रेसमय भएको छ ।

शर्माभन्दा फरक गुटका नेता भएकाले उनीहरुले शर्मालाई असहयोग गर्न सक्ने अनुमान एकथरी नेता र कार्यकर्ताको थियो । तर, ढकाल र थापा शर्माको चुनावी घरदैलो र कोणसभामा उपस्थित हुने र मन्तव्य दिने काममा सक्रिय रहेकाले फराकिलो मतान्तरले शर्मा विजयी हुने देखिएको हो ।

डेंगुको संक्रमणका कारण बिरामी परेका ढकाल राम्ररी नतङ्ग्रिदै चुनावी अभियानमा हिँड्नुका साथै निवर्तमान सांसद एमालेका भानुभक्त ढकालको कर्तुतको विरुद्धमा आवाज उठाउँदै हिँड्न थालेका छन् । जसले गर्दा कांग्रेस एक ढिक्का भएको सन्देश गएको छ ।

यसैबीच, शुक्रबार नेपाली कांग्रेसका मोरङ सचिव ललित श्रेष्ठ र सुन्दरहरैंचाका निवर्तमान मेयर शिवप्रसाद ढकालले सँगै बसेर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसमा विवाद नरहेको बताएका थिए । मतदातामा कांग्रेसमा विवाद देखिएको भन्दै भ्रम छर्ने कार्य हुन थालेकाले त्यसलाई चिर्न श्रेष्ठ र ढकालले कांग्रेसमा विवाद नरहेको अभिव्यक्ति दिएका हुन् ।

त्यतिमात्रै होइन, दिवङ्गत शेखरचन्द्र थापाको घरमा समवेदना दिन डा। शर्मा शनिबार जाँदा यसअघि असन्तुष्ट देखिएको पक्षले गुनासो गरेन । प्रदेश वन मन्त्री तथा मोरङ ३ ९क० का उम्मेद्वार शेखरचन्द्र थापाको कात्तिक २३ गते निधन भएपछि उनको स्थानमा भोलिपल्ट मानबहादुर लिम्बूको मनोनयन भएको थियो ।

मृतक थापाकी पत्नीलाई उम्मेद्वारीमा पहिलो प्राथमिकता दिनुपर्ने भनेर असन्तुष्ट एक पक्षले मनोनयन दर्ता स्थलमा नाराबाजी गरेको थियो । अहिले सो पक्षमा कुनै असन्तुष्टि नरहेको पाइएको कांग्रेसका नेता, कार्यकर्ता बताउँछन् । आइतबार बेलुका बेलबारी ४ मा भएको वडा ¥यालीमा देखिएको जनलहरले शर्माको जीत निश्चितजस्तै देखिएको स्थानीय भरत धिमालले बताए । नवपथबाट

सम्बन्धित खवर