भागिरथमा कृषक पाठशालाको औपचारिक उद्घाटन

भागिरथमा कृषक पाठशालाको औपचारिक उद्घाटन

पथरी, मोरङको पथरीशनिश्चरे वडा नं. ४ मा भागिरथ आई.पी.एम. कृषक पाठशालाको औपचारिक उद्घाटन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापोले आज तरकारीको बेर्ना रोपेर कृषक पाठशालाको औपचारिक उद्घाटन गर्नुभएको हो ।

युएनएचसीआर÷एल.डब्लु.एफ.को आर्थिक सहयोगमा मानसरोवर कृषि सहकारी संस्थाद्वारा संचालित कृषक पाठशालाको उद्घाटन कार्यक्रममा उप–प्रमुख देवीमाया काफ्ले, वडा सदस्य मिना विक, एल.डब्लु.एफ.का दिलिप ढकाल, पुष्पा उप्रेती, मानसरोवर संस्थाका विरेन्द्र पोखरेल, पाठशाला अध्यक्ष कमलप्रसाद दाहाल, भागिरथ माविकी प्रधानाध्यापक जानकी चेम्जोङ, कृषि शिक्षिका बबिता भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

कृषक पाठशालाको उद्घाटनपछि समूह विभाजन गरेर तरकारीको बेर्ना रोप्ने कार्य सम्पन्न भएको थियो ।

सम्बन्धित खवर