बुधबार नेप्से परिसुचक राताम्मै भएको छ । नेपाल स्कट एक्सचेन्जका अनुसार आज सेयर बजार २ प्रतिशतले घटेको हो । १८५ कम्पनीहरूको कारोबार हुँदा जम्मा चार वटा कम्पनीकाे सेयर वृद्धि भएको छ भने १८१ कम्पनी घाटामा गएको नेप्सेले जनाएको छ ।
बुधबार ३६ लाख ९७ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४० करोड ७३ लाख ९५ हजार बढीको कारोबार भएको नेप्सेले जनाएको छ । यस्तै, माथिल्लो हेवाखोला जलविद्युत आयोजना २७ अंक, नविल ब्यालेन्स फण्ड ०.३३ अंकले मात्र वृद्धि भएको छ ।
साथै, समृद्ध लघुवित्त वित्तिय संस्था ६ करोड ७८ लाख २७ हजारभन्दा बढी रुपैयाँको कारोबार भएको र शिभव् सिमेन्टमा भने ६ करोड ८ लाख ४९ हजार ३१९ रुपैयाँको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ ।
आज सबै उपसुचक राताम्मै भएको छ । माइक्रो फाइनान्स ११९.४६, जीवन बिमा १९९.९५, विकास बैंक ११०.९७, हाइड्रो पावर ५३.०६, होटल तथा पर्यटन ५६.११, अन्य ३४.५५ ले घटेको छ । त्यस्ते बैंकिङ १४.०४, ट्रेडिङ १७.६८, फाइनान्स ७७.६८, निर्जीवन बिमा १४४.३६ अंकले ओरालो लागेको नेप्सेले जनाएको छ ।