उमेद्वार थापाको निधन, निर्वाचनको कार्यक्रम रोकियो

उमेद्वार थापाको निधन, निर्वाचनको कार्यक्रम रोकियो

मोरङ क्षेत्र नं. ३ (१) का उमेद्वार शेखर चन्द्र थापाको निधन भएपछि निर्वाचनको कार्यक्रम रोकिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय बेलबारीले क्षेत्र नं. ३ (१) का उमेद्वार शेखर चन्द्र थापाको निधनको खबर प्राप्त भएकाले तत्काललाई निर्वाचन कार्यालयको काम रोकिएको सूचना सार्वजनिक गरेको छ । कार्यालयले काम रोकेको भएता पनि दलहरुको निर्वाचन प्रचारप्रसारको काम भने नरोकिने कार्यालयले जनाएको छ ।

निधन भएका उमेद्वारको बारेमा आयोगमा पत्र पठाइसकिएको कार्यालयले जनाएको छ । सम्भव भएसम्म मंसिर ४ मा नै निर्वाचन गर्नेगरी आयोगले तयारी गर्ने बताइएको छ । डेङ्गु र निमोनियाबाट ग्रसित थापाको नोवेल अस्पताल बिराटनगरमा उपचार भइरहेको थियो । उपचाररत थापाको आज बिहान १०ः३० बजे निधन भएको हो ।

सम्बन्धित खवर