प्रदेश १ का वनमन्त्री थापाको निधन

प्रदेश १ का वनमन्त्री थापाको निधन

प्रदेश १ को वन वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको बुधबार निधन भएको छ । मोरङ क्षेत्र नं. २ (क) का लागि आगामी मंसिरमा हुने निर्वाचनमा उमेद्वारी दिनुभएका थापा मनोनयन गरेकै दिनदेखि अस्वस्थ हुनुहुन्थ्यो ।

थापाको हाल स्वास्थ्यमा केही सुधार आएका कारण बिराटनगर स्थित नोवेल अस्पतालमा राखेर उपचार भइरहेको उहाँका स्वकीय सचिव रोशन पराजुलीले बताउनुभयो । डेङ्गु रोगबाट संक्रमित थापाको उपचारकै क्रममा अहिले बिहान १०ः३० बजे निधन भएको नोबेल अस्पतालका प्रशासन प्रमुख नारायण दाहालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पुर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोईरालाको स्वकीय सचीवका रूपमा समेत लामो समय काम गर्नुभएको थियो ।

सम्बन्धित खवर