गुडिरहेको बसमा आगलागी

गुडिरहेको बसमा आगलागी

पथरी, पुर्वपश्चिम राजमार्गको मंगलबारेमा गुडिरहेको बसमा आगलागी भएको छ । आज साँझ ५ः३० बजे अचानक बसमा आगलागी भएको अस्थाइ प्रहरीचौकी मंगलबारेका प्रहरी सहयक निरिक्षक हेम नारायण यादवले जानकारी दिनुभयो ।

पूर्वबाट पश्चिम आउदै गरेको को १ ख ६४७२ नं.को बसमा वाइरिङ सर्ट भइ अचानक आगो लागेको हो । बसमा चालक र सहचालक सहित २३ जना यात्रु सवार थिए । आगोलागीबाट बसको इन्जिन, ट्याङ्की लगायतमा क्षति भएको प्रहरीले जनाएको छ ।

अगोलागी उर्लाबारी नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा २० मिनेटमा नियन्त्रणमा आएको थियो ।

सम्बन्धित खवर