जनताले परिवर्तन चाहेका छन्, जित निश्चित छ ः स्वतन्त्र उमेदवार संयोग

जनताले परिवर्तन चाहेका छन्, जित निश्चित छ ः स्वतन्त्र उमेदवार संयोग

पथरी, माछा चुनाव चिन्ह पाएका स्वतन्त्र उमेदवार जयराज संयोक लिम्बू यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।

बाजागाजा सहित दलबलका साथ विभिन्न राजनैतिक दलहरु चुनावी प्रचारप्रसारमा रहेको बेला जयराज केही व्यक्तिहरुको साथमा चुनावी प्रचारमा छन् । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका संयोग मोरङ्ग निर्वाचन क्षेत्र नं ३ का लागि स्वतन्त्र उमेदवार बनेका हुन् । आफ्नै पार्टिका नेताहरुको व्यक्तिगत स्वार्थले दलको नीति, सिद्धान्त, आदर्श र पद्धतिलाई ध्वस्त बनाएको कारण आफ्नो स्वतन्त्र उम्मेद्बारी रहेको संयोगको तर्क छ ।

राजनीतिशास्त्र र नेपाली विषयमा स्नातकोत्तर गरेका संयोग कानुनका विद्यार्थी समेत हुन् । एलएलवी समेत अध्ययन गरेका संयोगले पत्रकार भेटघाटको आयोजना गर्दै आफु राजनैतिक परिवारमा राजनैतिक संस्कार सहित हुर्केको बताउदै प्रजातन्त्र स्थापनार्थ भएको आन्दोलनमा बुबा अराष्ट्रीय तत्व घोषित भई भारत प्रवासमा रहदाँ परिवारको सदस्यको रुपमा आफू पनि प्रवासमा रहनु परेको बताए ।

प्रजातान्त्रिक समाजवादको वैचारिक आदर्शको धरातलमा उभिएको काँग्रेस, नव उदारवादी साम्राज्यवादि नोकर साही, दलाल पूँजिवादको चंगुलमा डुबेको बताउदै उनले आफ्नो उम्मेद्बारी सो क्षेत्रको वस्तुगत आवश्यकताको उपज रहेको बताएका छन् ।

कुशल वक्ताको रुपमा समेत चिनिएका संयोगले माछा चुनाव चिन्हमा मतदान गरि आफुलाई विजयी गराउन अपिल गर्दै शिक्षा, स्वास्थ्य, कृषि लगायत आफ्नो निर्वाचन क्षेत्रका जनताको जिवनस्तर उकास्न प्रतिबद्ध रहने बताउदै आफ्नो घोषणापत्र सार्वजनिक समेत गरेका छ्न् ।

परिवर्तन चाहाने मतदाताको मत नै आफ्नो जितको लागि पर्याप्त हुने संयोगको दावी छ ।

यस क्षेत्रका बासिन्दाको सामाजिक, आर्थिकलगायत सर्वाङ्गीण विकासलाई लक्षित गरी ३६ बुँदे घोषणापत्र सार्वजनिक गरेका लिम्बूले आफ्नो जितबाट प्रतिनिधि सभाका अन्य सदस्यलाई पनि सुतेको अवस्थामा रहे तिनलाई ब्युँझाउने गरी उदाहरणीय कार्य गर्ने उद्घोष गरे ।

विजयी भएपश्चात् नै उनले कृषकका लागि मलखादको व्यवस्थापन, मिनी हाइड्रोपावरको प्रवर्धन, यातायातका साधनमा लाग्ने अत्यधिक करको कटौती र स्थानीय मदिराको ब्रान्डिङ गर्नेजस्ता कार्यलाई प्राथमिकता दिएर अघि बढ्ने बताए ।

जयराजले दीर्घकालीन योजनामार्फत यस क्षेत्रमै एयरपोर्ट स्थापना र सगरमाथा फेदीसम्म पर्यटकीय स्टेसनसहितको केबुलकार सञ्चालन गर्न सम्भव रहेको आधारसहित आफनो दाबी प्रस्तुत गरेका छन् ।

सम्बन्धित खवर