पत्रकार जम्नेली सम्मानित

पत्रकार जम्नेली सम्मानित

पथरी, मोरङलाई आधार क्षेत्र बनाएर करिव दुई दशक अघिदेखि पत्रकारिता गर्दै आउनु भएका मोरङ पथरीशनिश्चरे नगरपालिका १ का अर्जुन जम्नेली राईलाई लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेको छ ।

पथरीशनिश्चरे २ मा रहेको लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २० औं बार्षिक साधारण सभाको अवसरमा सम्मान गरेको हो ।

लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थालाई स्थापित गराउनुको साथै संस्थाको सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणसँगै यसको बिकासमा महत्वपूर्ण योगदान गरेको भन्दै पूर्व सञ्चालकको रुपमा दोसल्लाह ओढाउनुको साथै र सम्मान पत्र प्रदान गरिएको छ

समाज शास्त्रमा एमए (स्नातकोत्तर) गर्नुभएका अर्जुन जम्नेली राई पथरीशनिश्चरे १ मा रहेको नमुना घोषित पञ्चायत माविको कक्षा ११ र १२ मा आम सञ्चार विषयमा पढाउदै आउनु भएको छ ।

२०५९ सालदेखि निरन्तर पत्रकारिता गर्दै आउनुभएका राईसँग गोरखापत्र, ब्लाष्ट टाइम्स दैनिक, पूर्बी कमाण्ड दैनिक, बिभिन्न एफएम तथा टेलिभिजनहरुमा काम गरेको अनुभव छ । उहाँ हाल रातोकलम अनलाइनमा प्रवन्ध सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ ।

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश समितिको निवर्तमान अध्यक्ष राई, नेपाल पत्रकार महासंघ मोरङको पूर्ब जिल्ला समिति सदस्य, सञ्चार क्लव उर्लाबारीको वर्तमान सल्लाहाकार, किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव भएर समाजिक कामहरु गर्दै आउनु भएको छ ।

राईलाई पथरीशनिश्चरे नगरपालिकाले अग्रज पत्रकार सम्मान, फोनिज मोरङ, किरात राई यायोक्खा मोरङ, किरात राई पत्रकार संघ सुनसरी लगायतका संघ, संस्थाहरुद्वारा यस अघि सम्मानित भइसक्नु भएको छ ।

लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाको २० औं बार्षिक साधारण सभामा घोषित सम्मान आज संस्थाको कार्यालयमा प्रदान गरेको हो । संस्थाको अध्यक्ष धनराज राईको सभापतित्वमा पथरीशनिश्चरे नगरपालिका २ का वडा अध्यक्ष नैना राई, सचिव महेन्द्र ढुङ्गाना, ब्यबस्थापक गणेश बछना राई लगायतको उपस्थिति रहेको थियो ।

लर्ड बुद्ध सहकारी संस्थाले आजै २८ जना जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिक भत्ता वितरण गरेको थियो । सहकारी संस्थाले ७० बर्ष नाघेका सदस्यहरुलाई बृद्ध भत्ता प्रदान गर्दै आएको छ ।

सम्बन्धित खवर