पथरी शनिश्चरेमा राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान

पथरी शनिश्चरेमा राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकामा राष्ट्रिय परिचयपत्र विवरण संकलनका लागि तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय परिचयपत्र जिल्ला स्तरीय समन्वय समिति मोरङको आयोजना हिजो तालिम सम्पन्न भएको हो ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि नगरका प्रमुख मोहनप्रसाद तुम्वापो, अतिथिहरु उप–प्रमुख देवीमाया काफ्ले, इप्रकाका डिएसपी वेदप्रसाद गौतम लगायत रहनुभएको थियो ।

नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले सञ्चालन गर्नुभएको अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्ष, वडा सचिव र नगरका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममको सहजीकरण मोरङ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रवक्ता शरद कुमार पोखरेलले गर्नुभएको थियो ।

सम्बन्धित खवर