१० वर्षीय बालिका बलात्कारका आरोपमा ६३ वर्षीय बृद्ध पक्राउ

१० वर्षीय बालिका बलात्कारका आरोपमा ६३ वर्षीय बृद्ध पक्राउ

तनहुँ, १० वर्षीया बालिका बलात्कार आरोपमा शुक्लागण्डकी नगरपालिका ८ गणपतेका ६३ वर्षीय रामजी बहादुर थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले क्षेत्रीलाई बिहीबार पक्राउ गरेको हो ।

आरोपितले बुधबार बिहान घर नजिकैको जंगलमा पीडित बालिकालाई बलात्कार गरेको भन्दै पीडितका अभिभावकले इलाका प्रहरी कार्यालय बेलचौतारामा बिहीबार उजुरी दिएका थिए । सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर