एमालेलाई धुलो पिठो बनाउछौँ ः देउमान सम्बाहाम्फे

एमालेलाई धुलो पिठो बनाउछौँ ः देउमान सम्बाहाम्फे

पथरी, नेकपा एमालेलाई मंसिर ४ गते धुलोपिठो बनाउने एकिकृत समाजवादीका पोलिटब्युरो सदस्य देउमान सम्बाहाम्फेले बताएका छन् । सम्बाहाफेले घरदैलो अभियानका क्रममा बिहिबार सम्बोधन गर्दै एमालेको कर्तुतहरु अब धमाधम बाहिर आउने भन्दै निर्वाचनमा सबैले आफ्नो विवेक प्रयोग गर्न अनुरोध गरे ।

यस क्षेत्रको विकासका लागि अहिले सुनिल शर्मा नै उपयुक्त उमेद्वार भएको भन्दै सम्बाहाम्फेले सबै युवाहरुले खुलेर सहयोग गर्न पनि अनुरोध गरे । यस क्षेत्रको हरेक विकासका काम र सुकुम्बासी समस्या समाधानका लागि शर्मा सहितका उमेद्वारलाई भोट गर्नुपर्ने सम्बाहाम्फेको भनाइ थियो ।

सम्बन्धित खवर