‘स्वर्गीय रविन्द्र अधिकारीले देखेका सपना पुरा गर्ने दायित्वबोध भएको छ : विद्या भट्टराई

‘स्वर्गीय रविन्द्र अधिकारीले देखेका सपना पुरा गर्ने दायित्वबोध भएको छ  : विद्या भट्टराई

नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले अधिकार सहितको  समृद्धिका लागि आफनाे उम्मेदवारी भएको बताउनुभएको छ ।

अखिल नेपाल महिला संघ क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटीद्धारा मंगलवार पोखरामा आयोजित महिला भेलामा बोल्दै उहाँले सभ्य र समृद्ध समाज निर्माण पहिलो प्राथमिकता भएको बताउनुभयो ।

अनेमसंघको अगुवाईमा मुलुकमा महिला अधिकार स्थापित भएको बताउँदै थप अधिकार प्राप्तिका लागि आगामी मंसीर ४ गते हुने निर्वाचनमा नेकपा एमालेलाई विजय गराउँनु पर्नेमा उहाँको जोड छ ।
उहाँले मुलुकमा दिनप्रतिदिन बढ्दै गएको साइवर अपराध रोक्नका लागि आप्mनो तर्पmबाट सक्दो भूभिका निर्वाह गर्ने बताउनुभयो ।

डेंगु संक्रमणलाई जित्न सफल उम्मेदवार भट्टाईले घर व्यस्थित तवरले सञ्चालन गर्ने महिलाहरु अवसर पाएमा मुलुक चलाउन पनि सक्षम रहेको चर्चा गर्दै मतदाताको अपेक्षा अनुसार आप्mनो जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

दुःखको परिस्थितिमा उपनिर्वाचनमा उम्मेदवार बनेर यस क्षेत्रका मतदाताको अपार माया विश्वासले विजयी बन्न सफल भएको स्मण गर्दै उहाँले भन्नुभयो –‘स्वर्गीय रविन्द्र अधिकारीले देखेका सपना पुरा गर्ने दायित्वबोध भएको छ ।’

निर्वाचन क्षेत्र नं. २ (ख) का उम्मेदवार मिना गुरुङले युवालाई उत्पादनसँग जोडन र महिला सशक्तिकरणका लागि आप्mनो उम्मेदवारी भएको स्पष्ट पार्नुभयो  । निर्वाचनमा नारिशक्ति प्रस्तुत गर्न संगठित भएर निर्वाचनमा लाग्नु पर्नेमा उहाँको जोड छ ।

प्रदेश सभामा समानुपातिक उम्मेदवार वरिष्ठ प्रसुतिरोग विशेषज्ञ डा. छममाया पुनले विकास र समृद्धिको अभियानलाई अघि बढाउन सूर्यध्वजावाहक उम्मेदवारलाई विजयी गराउनु पर्नेमा जोड दिनुभयो  । उहाँले पार्टीले मेडिकल क्षेत्रलाई सम्वोधन गरेकोमा आवार व्यक्त गर्दै आफनाे क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की इन्चार्ज कृष्णबहादुर थापाले अपवित्र गठबन्धनले मुलुकलाई निकास नदिने ठोकुवा गर्दै आगामी निर्वाचनमा कास्की जिल्लाका सवै सिटमा एमालेलाई विजय गराउन एकमनाका साथ लाग्न कार्यकर्तालाई अनुरोध समेत गर्नुभयो ।

अनेमसंग निर्वाचन क्षेत्र नं. २ का संयोजक हिरा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा कास्की जिल्ला सहईञ्चार्ज मिनाकुमारी गुरुङ लगायतले गठबन्धनका विरुद्धमा संगठित भएर आ—आफनाे ठाउँबाट जुट्नु पर्ने आवश्यकता औल्याएका थिए ।

उम्मेदवार विद्या भट्टराईले अनेमसंग पोखरा १६ बाटुलेचौरमा मंगलवार नै आयोजित  बृहत महिला भेलालाई समेत सम्बोधन गर्नुभयो । भेलामा गण्डकी प्रदेशका निवर्तमान उपसभामुख सिर्जना शर्मा, निर्वाचन क्षेत्र २ (ख) का उम्मेदवार मिना गुरुङ, एमाले १६ अध्यक्ष राजेश गुरुङ, प्रचार प्रसार संयोजक विष्णुदेवी नेपाली लगायतले महिलाहरु निर्वाचन केन्द्रीत हुन आग्रह गरेका थिए ।

सम्बन्धित खवर