तोसिमा कार्कीको रिटमाथिको पेसी आज

तोसिमा कार्कीको रिटमाथिको पेसी आज

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको रिट दर्ता भएको छ । उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कार्कीले सोमबार सर्वोच्चमा रिट दर्ता गराएकी हुन् ।

लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गरेपछि उनले आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता गएकी छन् ।

डा. तोसिमा कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य हुन् । निर्वाचन कानुनमा लाभको पदमा रहेको व्यक्ति उम्मेदवार बन्न नसक्ने व्यवस्था गरिएको छ ।

नियमित तलब नपाइने भए पनि बैठकको समयमा भत्ता पाइने भएकाले त्यसलाई निर्वाचन आयोगले लाभको पद भन्दै तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो ।

उम्मेदवारी कायम गर्न अन्तरिम आदेशको मागदावी लिएर अदालत पुगेकी उनको रिट मंगलबारको पेसीमा राखिएको बताइएको छ ।

सम्बन्धित खवर