छठ पुजामा छुरा प्रहार गरि एक किशोरको हत्या

छठ पुजामा छुरा प्रहार गरि एक किशोरको हत्या

उर्लाबारी, मोरङको उर्लाबारीस्थित मावा खोलामा आयोजित छठ पर्वमा छुरा प्रहार बाट एक १४ वार्षिय किशोरको मृत्यु भएको छ । झापाको दमक नगरपालिका -१० बस्ने १४ बर्सिय दिवस श्रेष्ठको छुरा प्रहारबाट आईतबार साझ ज्यान गएको हो ।
छुरा प्रहारबाट घाईते भई बेहोस बनी लडिरहेका श्रेष्ठलाई उहाका एकजना साथिले उद्धार गरि उर्लाबारीस्थित गोदावरी हस्पिटलमा उपचारका लागि भर्ना गरेपछी प्रहरीलाई खबर गरेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन जङ थापाले बताउनु भयो ।
थापाका अनुसार पुजासमारोहमा झैझगडा परेको कुनै पनि जानकारी प्रहरिलाई नआएका कारण छुरा प्रहरमा समलग्नहरुको पहिचान हुन नसकेको बताउनु भयो ।
हाल हत्यामा समलग्नहरुको खोजी भईरहेको उहाले बताउनु भयो ।
छुरा प्रहारबाट गम्भीर घाईते श्रेष्ठलाई उपचारका लागि गोदाबरी हस्पिटलमा भर्ना गरिएको भएतापनी त्यहा उपचार सम्भव नभएपछि थप उपचारका लागि झापाको बिएण्डसि हस्पिटलमा लगिएको थियो ।
उहाको उपचारका क्रममा बिएण्डसी अस्पतालमा मृत्यु भएको मृकतका वुवा धनबहादुर श्रेष्ठले बताउनु भयो । छोरालाई छुरा प्रहार गरिएको रहेछ, गोदाबरी हस्पिटल उर्लाबारीबाट फोन आएपछी थाहा पायौ, त्यहा पुगेर हेर्दा रगताम्य थियो,मृतकका बुवा श्रेष्ठले भन्नुभयो । मृतकको शब हाल हस्पिटलबाट उर्लाबारी ल्याउने तयारी भै रहेको प्रहरिले जनाएको छ ।

सम्बन्धित खवर