अपशब्द बोल्दा एमाले नेताले खाए ३ झापड

अपशब्द बोल्दा एमाले नेताले खाए ३ झापड

पथरी, नेकपा एमाले १ नं. प्रदेश सदस्य पर्शु मिश्रले ३ झापड खाएका छन् । मंगलबार अपरान्ह मोरङको पथरी शनिश्चरेको–१ को लुडो चोकमा मिश्रले झापड खाएका हुन् ।

फोन संवादमा मिश्रले पथरी उद्योग वाणिज्य संघका महासचिव राजेन्द्र बस्नेतलाई अपशब्द (चुतिया) भन्दै गालि गरेपछि बस्नेतले जवाफी झापड हानेका हुन् । सोमबार साँझ राजनीतिक बिषयमा कांग्रेस नेता केशव दुलालले मिश्रलाई फोन गरेका थिए । सोही समयमा बस्नेत पनि दुलाल संगै रहेका थिए । दुलालले फोन संवादमा मिश्रलाई राजेन्द्र बस्नेत एमालेमा प्रवेश गर्ने कुरा रहेको भन्दै गफ गरिरहेका थिए । मिश्रले जवाफमा त्यो चुतिया (राजेन्द्र बस्नेत) लाई पार्टि प्रवेश नगराउने बरु नेकपा एसका दिपक बस्नेत आए पार्टि प्रवेश गराउने बताएका थिए ।

उक्त फोन वार्ता संगै बसेर सुनेका राजेन्द्रले मंगलबार मिश्रलाई ३ झापड हाने र कुर्सीले समेत हान्न खोज्दा छलिएर जोगिएको प्रत्यक्षदर्शीले बताएका छन् । यसरी मिश्रलाई बस्नेतले पिटिरहँदा पथरी यलम्बर चोकका केदार बरालले एमाले केन्द्रीय सदस्य युवराज बास्कोटालाई घोक्य्राइ, मुन्ट्याइ गरेको पनि प्रत्यक्षदर्शीले बताए ।

घटना भएको समयमा एमालेका कुलमनी गुरुङ, नेपाली कांग्रेसका नगर सचिव सन्तोष कटुवाल, सुविन पराजुली लगायतका युवाहरु घट्ना स्थलमा थिए ।

सम्बन्धित खवर