हसन्दह रेडक्रसले १५ जनालाई सम्मान गर्याे

हसन्दह रेडक्रसले १५ जनालाई सम्मान गर्याे

पथरी, हसन्दह रेडक्रसले १५ जनालाई सम्मान गरेकाे छ । शुक्रबार आफ्नाे १५ ओैँ साधारणसभाकाे अवसरमा हसन्दह रेडक्रसलाई सहयाेग पुर्याउने व्याक्तिहरूलाई सम्मान गरेकाे हाे ।

रेडक्रसको कार्यसमितिमा रहेर विभिन्न समयमा आयाेजना गरेका मानवीय काममा सहयाेग पुर्याउने ६ जना, जनप्रतिनिधि भइ रेडक्रसको वृद्धि विकासमा सहयाेग पुर्याउने ३ जना, सामाजिक कार्यमा सहयाेग पुर्याउने आजिवन जेष्ठ सदस्यहरू ४ जना र सामाजिक क्षेत्रमा काम गर्ने २ जनालाई प्रमाणपत्र, दाेसल्ला ओडाएर सम्मान गरिएकाे हसन्दह रेडक्रस अध्यक्ष भाेलानाथ घिमिरेले बताउनुभयाे ।

कार्यक्रममा प्रमुख अतिथि पथरीशनिश्चरे नगर उपप्रमुख देविमाया काफ्लेले रेडक्रसलाई आवश्यक परेकाे सहयाेग गर्न नगर तयार रहेकाे बताउनुभयाे । आवश्यक परेकाे अवस्थामा संस्थाले निर्णय गरेर नगरमा प्रस्ताव पठाउन काफ्लेले अनुराेध गर्नुभयाे ।

हसन्दह रेडक्रसले सबै पक्षलाई समेटेर निरन्तर काम गर्दै आएकाे भन्दै जिल्ला रेडक्रस माेरङका काेषाध्यक्ष केदार बहादुर थापाले खुसी व्यक्त गर्नुभयाे । हसन्दह रेडक्रसले बाढि, डुवान जस्ता विभिन्न प्रकाेपहरूमा निरन्तर काम गर्दै आएकाे छ ।

सम्बन्धित खवर