माछा पालन सम्बन्धी एक महिने तालिम सुरु

माछा पालन सम्बन्धी एक महिने तालिम सुरु

पथरी, माछा पालन सम्बन्धी एक महिने तालिम आजबाट सुरु भएको छ । मोरङ पथरीशनिश्चरे ६ हसन्दहमा रहेको सुर्य एग्रिकल्चरमा सो तालिमको आज उद्घाटन गरिएको हो ।

जिल्ला स्तरीय तालिममा २० जना सहभागी रहेका छन् । बैदेशिक रोजगारीमा गएर फर्किएकाहरूलाई ‘‘माछा प्राविधिक पेशामा कार्यस्थलमा आधारित तालिम’’ दिएर स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको भेटेरीनरी तथा पशु सेवा विज्ञ केन्द्रका मत्स्य विकास अधिकृत रुद्र प्रसाद फुयलले बताउनुभयो । पछिल्लो समय कृषिमा आधारित भएर गरिने व्यावसायमा मत्स्य व्यावसाय बढि फस्टाएको फुयलको भनाइ थियो ।

विदेशबाट फर्किएकाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले अन्तराष्ट्रिय श्रम संगठनको वेलकम होम परियोजनाको सहयोग तथा नेपाल मत्स्य व्यावसायी संघको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघले कार्यक्रमको आयोजना गरिरहेको छ ।

सुर्य एग्रिकल्चरको प्रस्तावनाका आधारमा व्यावहारिक रुपमा सञ्चालन हुने तालिमका लागि मोरङका विभिन्न पालिकाका सहभागीहरू यतिबेला हसन्दहमा रहेका छन् । सभागीहरूले व्यावहारिक रुपमा र हप्ताको एक पटक सैद्धन्तिक कक्षा चलाइने सुर्य एग्रिकल्चरका सञ्चालक नन्दन थापाले बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै नगरप्रमुख मोहन कुमार तुम्बापोले नगरमा माछा व्यावसाय दिनप्रतिदिन बढ्दै गएको बताउनुभयो । नगरमा नै प्रसस्त माछा उत्पादन भए भारतबाट आउने फर्मालिन प्रयोग भएको माछा प्रयोग गर्नुपर्ने बाध्यता हट्ने तुम्बाको भनाइ थियो ।

सम्बन्धित खवर