अविजित यात्रालाई कायम राख्दै रोयल किङ्ग

अविजित यात्रालाई कायम राख्दै रोयल किङ्ग

पथरी, अविजित यात्रालाई कायम राख्दै रोयल किङ्गले पथरीशनिश्चरे प्रिमियर लिगमा हिसाव किताव ट्राइडेन्स् माथी जित निकालेको छ ।

तेश्रो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटको शुक्रवारको खेलमा हिसाव किताव माथी ३७ रनको जित निकाल्दै रोयलले प्वाइन्ट टेवलमा अग्रस्थान कायम गरेको छ ।

टस जितेर फिल्डिङ्ग गरेको हिसाव कितावसंग रोयलले ८ विकेटको क्षतीमा २० ओभर खेल्दै ११८ रन बनायो । जसका लागि राज बस्नेतले अविजित अर्धशतकीय पारी खेले । उनले ५० बलमा ५७ रनको योगदान गरे ।

पावल राईले २१ रन बनाए । हिसाव कितावका नेल्सन दंगाल, पुरुषोत्तम न्यौपाने र दिवश राजवंशीले समान २/२ विकेट लिदा कैलास श्रेष्ठ र सुरज खडकाले १/१ विकेट लिए ।

११९ रनको लक्ष्य लिएर मैदान छिरेको हिसाव कितावलाई सस्तैमा समेटन म्यान अफ दि म्याच राज बस्नेतले ४ विकेट लिए । ३ ओभर बलिङ्ग गरेका उनले २१ रन खर्चीए ।

हिसाव कितावका सुरज खडकाले १९ र निशान राईले १६ रन बनाउन बाहेक अन्य व्याट्समेनले राम्रो प्रर्दशन गर्न सकेनन् ।

१७ ओभर ३ बलमा अल आउट भएको हिसाव कितावको अन्य विकेट रोयलका भुपेन्द्र राईले ३ तथा विश्व बस्नेत महेश कार्की र दिपेश श्रेष्ठले समान १/१ विकेट लिए ।

भोलीको खेल क्लासिक हसन्दह र मंगलवारे, सात वाघ र आइतवारे अस्त्र बिच हुने छ । कार्तिक ६ सम्म सञ्चालन हुने प्रतियोगीताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैँया र ट्रफि पाउने छन् । पहिलो संस्करणको बिजेता रोयल किङ्ग र दोश्रोको बिजेता सातवाघ रहेका छन् ।

सम्बन्धित खवर