हसन्दह र सातवाघ विजयी

हसन्दह र सातवाघ विजयी

पथरी, पथरीमा जारी तेश्रो पथरीशनिश्चरे प्रिमियर लिगको विहिबारको खेलमा क्लसिक एलाभेन हसन्दह र किर्तिपुर सातवाघ विजयी भएका छन् । हसन्दहले वुद्ध युनाइटेडलाई ४ विकेट र सातवाघले विरेन्द्रनगर स्टिललाई समान ४ विकेटले पराजित गरे ।

पहिलो खेलमा विरेन्द्रनगरले दिएको ९५ रनको लक्ष्यलाई १८ ओभर १ बलमा पुरा ग¥यो । टस हारेर व्याटिङ्गमा उत्रिएको विरेन्द्रनगरले १८ ओभर ३ बलमा अल आउट हुदै ९५ रन जोड्यो । रेवत थक्सुले ३३ र अजित पैक्राले १४ रन जोड्न बाहेक अन्य खेलाडीले दोहोरो रन जोडन सकेनन् ।

विरेन्द्रनगरलाई सस्तैमा समेट्न सातवाघका अनिस लुइटेलले ७ रन खर्चेर ३ विकेट लिए । अस्विन महतले २ विकेट लिदा केलिन राई, रहर लामा र दिपेश भण्डारीले समान १/१ विकेट लिए । जवाफि व्याटिङ थालेको सातवाघले १८ ओभर १ वलमा पुरा गर्दा ६ विकेट गुमायो । सातवाघका केलिन राईले १८ बलमा ३८ रन प्रहार गर्दै टिमलाई जित दिलाए । सातवाघका निधित राईले २२ र रहर लामाले ११ रन बनाए ।

विरेन्द्रनगरका दिपक नेपाली र आभाष पाहिमले २/२ विकेट लिए भने पशुपती दाहाल र मुरारी खनालले १/१ रन बनाए । खेलको म्यान अफ दि म्याच केलिन राई घोषित भए ।

सोलोमन राईको अर्घसतकीय प्रर्दशनका कारण हसन्दहले दोश्रो जित ग¥यो । वुद्धको यो पहिलो हार हो । दोश्रो खेलमा वुद्ध युनाइटेडले दिएको १२१ रनको लक्ष्य हसहन्दले १९ ओभरमा पुरा ग¥यो । वुद्धले २० ओभरमा १२० रन बनायो । वुद्धका लागि राकेश राईले ३७ रन बनाउदा राजकुमार मगर, आशुतोष थापा र कमल थापाले समान १८ रनको योगदान गरे ।

हसन्दहका सुजन खत्रीले ४ तथा वुद्ध मगर, संजिव धिमाल र सोलोमन राईले १/१ विकेट लिए ।

सोलोमन राईले अविजित ५० रन बनाउदा वुद्ध आले मगरले २२ रनको योगदान गरे । वुद्धका राजु राईले २ तथा अनिस तामाङ र सविन अधिकारीले समान १/१ विकेट लिए ।

अभिजित अर्धसतक सहित १ विकेट लिएका सोलोमन म्यान अफ दि म्याच घोषित भए ।

शुक्रवारको खेल हिसाव किताव ट्राईडेन्स र रोयल किङ्ग बिच हुने छ ।

लिग चरणको १ खेल सम्पन्न बाकि हुुदा रनरेटका आधारमा क्लासिक एलाभेन हसन्दह लिग टेवलमा अगाडी छ । हिसाव किताव र रोयल किङ्गले एक खेल कम खेलेका छन् । आइतवारे अस्त्र र विरेन्द्रनगर स्टिल टाइगरले कुनै खेल जितेका छैनन् । मंगलबारे जिलेण्डले ३ खेलमा १ जित दर्ता गर्दा सातवाघ, वुद्ध युनाइटेड ३ खेलमा २ जित हासिल गरेका छन् ।

सम्बन्धित खवर