मोरङ ३ (क) मा गठबन्धनका तर्फबाट थापा उम्मेद्वार

मोरङ ३ (क) मा गठबन्धनका तर्फबाट थापा उम्मेद्वार

पथरी, मोरङको क्षेत्र नं. ३ (क) बाट प्रदेश सभाका लागि शेखरचन्द्र थापाको टिकट पक्का भएको छ । थापाको उमेद्वारी पक्का भएको उनको सचिवालयले जनाएको छ ।

यसअघि २०७४ को निर्वाचनमा समानुपातिक कोटाबाट सांसद बनेका थापा हाल प्रदेश १ वन वातावरण तथा भू–संरक्षण मन्त्री छन् । थापाको टिकट पक्का भएसंगै क्षेत्रमा राजनीतिक माहोल तातेको छ ।

थापासंग प्रतिस्पर्धाका लागि नेकपा एमालेका तर्फबाट दिलिप कुमार राई छन् । राई पथरीशनिश्चरेका निवर्तमान मेयर हुन् । मेयर हुँदा माखो नमारेको भन्दै पार्टि भित्रैबाट राईको चर्को बिरोध भइरहेको छ ।

सम्बन्धित खवर